अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले देखायो कालो झण्डा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 28, 2022
biplov karyakarta

तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ।

विप्लबका कार्यकर्ताहरुले लु र उनको टोलीलाई गौशालामा कालो झण्डा देखाएको हो।एमसीसी र एसपिपि खारेजीको माग गर्दै उनीहरुले विदेश मन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाएका हुन्। विदेश मन्त्रि लु लाई कालो झण्डा देखाएका विप्लबका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सन्जेल, केन्द्रीय सदस्य प्रेम सिजापति, ललित बम , रमेश रावत र भक्तपुर संयोजक अशोक महतरा रहेको बताइएको छ। प्रहरीले उनीहरुलाई पक्राउ गरेर गौशाला प्रहरी वृत्तमा राखेको जानकारी प्राप्त भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५