अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न नागरिक उड्डयन प्राधिकरणलाई अनुमति

  • नेपाल राष्ट्रिय दैनिक
  • November 2, 2022
civil aviation authority of nepal caan udyan

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न सरकारले अनुमति दिएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको हो। मन्त्रिपरिषदको अनुमतिसंगै प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने मार्ग खुल्ला भएको छ।

सम्झौतापछि दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान भर्न पाउनेछन। नेपालले हालसम्म विश्वका विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५