१५० सीसीमाथिका मोटरसाईकल र ३०० डलरमाथिका मोबाइल आयातमा प्रतिबन्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • July 17, 2022
mantralaya ministry

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले भदौ १४ गते सम्मको लागि १५० सीसीमाथिका मोटरसाइकल र ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ।

यस अघि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाखमा २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाएको थियो।

राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ साउन १ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेकाको हकमा भने अहिलेको व्यवस्था लागु नहुने बताएको छ।वैदेशिक मुद्रा सञ्चितिमा कमि आएपछि सरकारले विलाशिताका वस्तु आयातमा कडाई गर्दै आएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५