बुढीगंगा नगरपालिकाको ४ वडामा एमाले विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 9, 2022
CPN UML Nepal 1

बाजुरा: बुढीगंगाका नगरपालिकाको ४ वटा वडामा एमाले विजयी भएको छ भने नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि एमालेको अग्रता देखिएको छ।

वडा नम्बर २ मा कांग्रेसका नरबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका पदम बहादुर भण्डारी ८३८ मतसहित विजयी भएका छन्।उनका प्रतिस्पर्धी थापाले भने २३५ मत प्राप्त गरेका थिए।त्यसैगरी, वडा नम्बर ९ मा पनि निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका मीनबहादुर सिंह ४ सय ९२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धीले भने २९३ मत प्राप्त गरेका छन्।

यसघि नै सार्वजनिक मत परिणाम अनुसार वडा नम्बर १ र १० मा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुख तर्फा भने ३९६२ मत गणना हुँदा एमालेका रामबहादुर बानियाँ २४३३ मत सहित अगाडि रहेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १२९१ मत प्राप्त गरेका छन्। त्यसैगरी, नगरको उपप्रमुखतर्फ एमालेकी उम्मेदवार २४१७ मत सहित अगाडी रहेकी छन्। उनको प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले भने १३१२ मत प्राप्त गरिकी छन्।

https://nepalrastriyadainik.com/%e0%a4%ac%e0%a4%be%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%81%e0%a4%a2%e0%a5%80%e0%a4%97%e0%a4%82%e0%a4%97%e0%a4%be-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be-2/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५