काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
पम्पमा रहेको पुरानो इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् । घाइते दुबैजना वेल्डिङको काम गरिरहेका मिस्त्रीहरु भएको जानकारी प्राप्त भएको छ।
किशोरीकाे दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपक कुमारकाे बायाँ गालामा थोरै पोलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्