नेपालका १५६ खानी कम्पनीलाई खनिज उत्खननको अनुमति

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ माघ २०८०, सोमबार ०७:२३
department of mines and geology khani bhugarbha

काठमाडौं – खानी तथा भूगर्भ विभागले नेपालका १५६ खानी कम्पनीलाई खनिज उत्खननको अनुमति दिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारी अनुसार यी उत्खनन कम्पनीलाई देशभर खनिजको अनुसन्धान र अन्वेषणपछि उत्खननका लागि स्वीकृति दिइएको हो ।

खानी तथा खनिज ऐन २०४२ र खानी तथा खनिज नियम २०५६ बमोजिम विभागले १७ विभिन्न किसिमका १५६ खानी कम्पनीलाई खनिज उत्खननका लागि अनुमति दिएको खनिज श्रोत महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार विभागले तीन कम्पनीलाई टर्मलाइन, १३ कम्पनीलाई टाल्क, दुई कम्पनीलाई क्वार्ट्ज, पाँच कम्पनीलाई क्यानाइट, एक कम्पनीलाई मार्बल, दुई कम्पनीलाई रेड अक्साइड र एक कम्पनीलाई फलाम, जिंक निकाल्न एक कम्पनी, क्वार्टजाइट निकाल्न १३ कम्पनी, म्याग्नेसाइट निकाल्न दुई कम्पनी, डोलोमाइट निकाल्न तीन कम्पनी र तामा निकाल्न दुई कम्पनीलाई स्वीकृति दिएको हो।

घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै निवेदन आएको र सोही अनुसार ९६ खानी कम्पनीलाई चुनढुङ्गा उत्खनन अनुमति दिइएको बताएका छन् ।

विभागले तत्काल खानी सञ्चालन गर्न नसकेका र मापदण्ड नपुगेका कतिपय कम्पनीको अनुमति पनि खारेज गर्दै आएको छ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५