राष्ट्रिय हितविपरीतका कुनै पनि विषयमा सम्झौता नगर्ने :प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • June 15, 2022
Sher bd

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको समाचारहरु सार्वजनिक भएपछी प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ।

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकार सकारात्मक रहेको भन्ने कुराप्रति नागरिक स्तरबाटै सरकारको चर्को आलोचना भएपछी सत्ता गठबन्धनका शीर्ष नेताहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले राष्ट्रिय हितविपरित कुनै पनि सम्झौता नगर्ने आश्वाशन दिनुभएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी सो छलफलमा आफुले कुनै पनि सम्झौतामा हस्ताक्षर गर्ने कुराको तयारि नगरेको बताउनुभएको हो।

गत साता नेपाल भ्रमणमा रहेका अमेरिकी सेना प्यासिफिक कमान्डका कमान्डीङ्ग जनरल चार्ल्स ए फ्लिनले उच्चस्तरीय कुटनीतिक भेटवार्ताका क्रममा अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्नुपर्ने र प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको क्रममा सो विषय टुंगो लगाउने कुराको चर्चाले सरकारको आलोचना समेत भएको थियो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५