पाँच महिनामा साढे पाँच हजारभन्दा धेरै फरार प्रतिवादी पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार १२:१९
nepal police

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा साढे पाँच हजार भन्दा धेरै फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो अवधिमा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विभिन्न कसुरमा अदालतबाट फैसला भई सजाय तोकिएपनि फरार रहेका ५ हजार ८ सय ४६ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार ती प्रतिवादीहरूका लागि अदालतले कुल एक हजार नौ सय ६८ वर्ष ९ महिना ८ दिन कैद सजाय तोकेको थियो । त्यस्तै, उनीहरूबाट कुल ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना असुल उपर गर्न अदालतको आदेश थियो।

प्रवक्ता अधिकारीका अनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा एक हजार ५९४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । कोशीमा ७३५ जना, बागमतीमा २६५ जना, गण्डकीमा ५०६ जना, लुम्बिनीमा एक हजार ३५ जना, कर्णाली प्रदेशमा १६९ जना र सुदुरपश्चिम प्रदेशमा २३५ जना पक्राउ परेका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकामा १ हजार २५३ जना र केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५