प्रतिबन्ध फुकुवा नभएसम्म युरोपमा ग्यास प्रवाह सुचारु हुँदैन: रुस

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2022
nord stream russian gas

क्रेमलिनले मस्को विरुद्धको पश्चिमी प्रतिबन्धहरू फुकुवा नगरेसम्म युरोपमा रुसी ग्यास आपूर्ति सुचारु नहुने बताएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नर्ड स्ट्रिम पाइपलाइन बन्द गर्ने रुसको निर्णयको एकमात्र कारण पश्चिमी प्रतिबन्ध नै भएको बताए छ । मस्कोले सुरुमा भने मर्मतका लागि पाइपलाइन बन्द गरिएको बताएको थियो।
नर्ड स्ट्रिम पाइपलाइन रुसी र पश्चिमी युरोप बीच ग्यास बोक्ने एकमात्र ठूलो ग्यास पाइपलाइन हो।

युरोपेली संघका अधिकारीहरूले बारम्बार रुसले पश्चिमी प्रतिबन्धहरू र युक्रेनलाई सहयोग गरेको बदला लिन जानाजानी आपूर्ति घटाएको आरोप लगाएका छन्।

अमेरिकाले पनि रुसले उर्जालाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले इयुले नवीकरणीय ऊर्जा उत्पादनहरू र विधुतीय उर्जामा सुधार गर्न योजनाहरू बढाउन आवश्यक रहेको बताएका छन्।

यसैबीच, युरोपमा ऊर्जाको मूल्य नयाँ उचाइमा पुगेको छ, जसले युरोपका देशहरूलाई रूसी ग्यासको विकल्प खोज्न तिब्रता दिन बाध्य तुल्याएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५