गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 19, 2022
nord stream russian gas

रुसको सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनी गाजप्रोमले पाइपलाइनमा मर्मतसम्भार गर्नुपर्ने भएको भन्दै अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनका लागि बन्द गर्ने भएको छ

नर्ड स्ट्रिम १ पाइपलाइन तीन दिनसम्म बन्द हुँदा युरोपको ऊर्जा अवरोध थप बढ्ने अनुमान गरिएको छ।गाजप्रोमको यो घोषणा लगत्तै युरोपेली ग्यासको मूल्य ७% ले बढेर $२६०० प्रति हजार घनमिटर माथि पुगेको छ।

गाजप्रोम जारि गरेको विज्ञप्ति अनुसार , पश्चिमी रूस र जर्मनीलाई जोड्ने पाइपलाइनको साथ प्रमुख कम्प्रेसर स्टेशनमा टर्बाइन ममर्त गर्नुपर्ने र हालको मर्मतसम्भार सम्झौता अनुसार जर्मन निर्माता, सिमेन्सका विशेषज्ञहरूसँग संयुक्त रूपमा गरिनेछ।

ग्याजप्रोमका अनुसार पूर्ण क्षमतामा ग्यास पम्प गर्न पाँचवटा टर्बाइन सञ्चालन गर्नुपर्ने हुन्छ ।पाइपलाइनको ६ वटा टर्बाइनहरू मध्ये यो अन्तिम एक हो जुन सञ्चालनमा रहेको थियो । रुसमाथि लगाइएको प्रतिबन्धका कारण क्यानडामा मर्मत गराएर ल्याइएको एउटा टर्बाइन भने हाल जर्मनीमा फसेको छ।

युरोपेली युनियन सम्बद्ध राष्ट्रहरुले भने रुसको यो कदमलाई रुसले गरेको उर्जाको राजनीति भन्दै उक्त कदमको निन्दा गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५