निलगिरी २ जलविधुत आयोजना सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2024
hydropowewr

काठमाडौं – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारचाङमा ७१ मेगावाट क्षमताको निलगिरी खोला २ क्यास्केड जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

म्याग्दीमा हालसम्म निर्माण भएको यो सबैभन्दा ठूलो जलविधुतआयोजना हो । आजदेखि सुरुङमा पानी खन्याएर विधुत उत्पादनको परीक्षण गरिने आयोजनाको प्रवद्र्धक कम्पनी निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले जानकारी दिए । डोभिल्नाको चोटेपादेखि विधुत गृहसम्म ४ हजार २ सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

यसैबीच निलगिरी १ को हुमखोला बाँध र चोटेपा पावर हाउसको निर्माण अन्तिम चरणमा पुगेको छ । विधुत गृहको भवन निर्माणपछि उपकरण जडानको काम सुरु भएको छ । निलिगिरि प्रथमको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

१३ अर्ब रुपैयाँ लाग्ने अनुमानित दुवै आयोजना रन अफ रिभर आयोजना हुन् । निलिगिरि आयोजनाबाट उत्पादित विधुत २२० केभी दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिएको छ । चोटेपा–डोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५