स्लोभाकियाका प्रधानमन्त्री फिको विरुद्धको अविश्वास प्रस्ताव लगातार दोस्रो दिन पनि असफल

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
robert fico slovakia pm

स्लोभाकियाको पश्चिम समर्थक विपक्षी दलले प्रधानमन्त्री रोबर्ट फिकोको मन्त्रिपरिषद खारेज गर्न माग गर्दै सदनमा दर्ता गरेको अविश्वास प्रस्तावमा लगातार दोस्रो दिनपनि असफल भएको छ।

अविश्वास प्रस्तावको पहिलो आह्वानमा केवल ५८ विपक्षी सांसदहरू उपस्थित भएका थिए। जबकि अविश्वास प्रस्तावमा मतदान हुन १५० सिट भएको व्यवस्थापिका संसदमा कम्तिमा ७६ सांसद सदस्यहरूको आवश्यकता पर्दछ ।पहिलो पटकको अविश्वास प्रस्तावमा सांसद सदस्य संख्या जुटाउन नसकेपछि विपक्षी दलले मतदान गर्ने दोस्रो प्रयास गर्दा झनै कम संख्यामा सांसदहरू उपस्थित भए। दोस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमा सदनमा जम्मा ५६ जना सांसद सदस्यहरु उपस्थित भएका थिए।

दोस्रो पटकको असफल प्रयासपछि पश्चिम समर्थक विपक्षी राजनीतिक दलहरूले फेब्रुअरी ४ मा फिको विरुद्धमा पुन:मतदान गर्ने बताएका छन्।

यसअघि, प्रधानमन्त्रीले प्रोग्रेसिभ स्लोभाकियाको विपक्षी दलले युक्रेनमा भएको जस्तै देशमा पनि विद्रोहको षड्यन्त्र रचेको आरोप लगाएका थिए। प्रधानमन्त्री फिकोले विपक्षी दलहरुले राष्ट्रिय हितभन्दा किभको हितलाई प्राथमिकता दिएको आरोप समेत लगाएका थिए। जनवरी १७ मा भ्लादिमिर जेलेन्स्कीसँगको भेटमा, उनीहरूले विजयी भएमा, पार्टीले नेटोमा युक्रेनको सदस्यतालाई समर्थन गर्ने र स्लोभाक सेनालाई युक्रेनको युद्ध क्षेत्रमा पठाउने वाचा गरेको समेत बताएका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५