सर्वोच्च अदालतले आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिंदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नर अधिकारीलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश जारि गरेको थियो।
तिन दिन देखिको लामो सुनुवाइलाई टुङ्ग्याउंदै सर्वोच्चले पुरानै अन्तरिम आदेश लाई निरन्तरता दिएको हो। सर्वोच्चले अब नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारी आफ्नो पदमा बहाल रहने बाटो आजको आदेशले खुल्ला गरिदिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्