नेपाली सेनाको होइन सांसदको संख्या घटाउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2023
Bamdev Gautam

यो संसद रहँदासम्म देशको विकास हुँदैन

श्रावण ४, काठमाडौँ- राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको होइन सांसदको संख्या घटाउनुपर्ने बताएका छन्। सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउँदै उनले, “यो संसद रहँदासम्म देशको विकास हुँदैन, सेनाको संख्या घटाउँदा श्राप लाग्छ” भन्ने अभिव्यक्ति दिएका छन्।

सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै उनले प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउन उपयुक्त हुने बताएका छन् ।सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुन नसक्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले, राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने भन्दै थप २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५