कांग्रेसको महासमिति बैठक ६ वटा भातृ संगठद्वारा बहिस्कार

  • नेपाल राष्ट्रिय दैनिक
  • February 20, 2024
nepali congress baithak mahasamiti

ललितपुर – नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन भएकै दिन काँग्रेसको ६ वटा भातृ संगठनले महासमिति बैठक बहिस्कार गरेका छन्।

नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्त्रवादी संगठनले संयुक्त रुपमा सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएर महासमिति बैठक बहिष्कारको घोषणा गरेका हुन्।

विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको कुरामा आपत्ति जनाउंदै, महासमितिका लागि शुभेच्छुक संस्था सबैबाट तीन-तीन जनाको नाम पठाएकोमा ती नामहरु काटेको भन्दै उनीहरुले विरोध गरेका छन्।

६ वटै संगठनले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवम् केन्द्रीय कार्यसमितिको निर्णय पनि विधानविपरीत भएको बताएका छन्।

nepali congress mahasamiti baithak bahiskar
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५