काठमाडौँ- ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुको कोरम संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।
२५ सदस्यीय समितिमा १० जना मात्रै सांसद बैठकमा उपस्थिति भएका थिए भने समितिमा रहेका कांग्रेसका ८ जना सांसद सदस्यमध्ये राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित थिए । कांग्रेसका अन्य सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ भने अनुपस्थित रहेको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिएका छन् ।
मुगु कर्णाली र किमाथांका जलविधुत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल बोलाइएको बैठक सदस्य संख्याको कोरम नपुगेपछि स्थगित भएको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्