एमाले नेता ओली सहभागी कार्यक्रममा ढुङ्गा प्रहार : कालो झण्डा देखाउंदै कार्यक्रम बिथोल्ने प्रयास

  • नेपाल राष्ट्रिय दैनिक
  • April 26, 2023
koshi pradesh protest

वैशाख १३ – एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो झण्डा देखाउंदै प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा, पहिचानवादीहरुले गृहजिल्ला झापामा नेता ओली सहभागी कार्यक्रममा अवरोध खडा गर्न कालो झण्डा देखाउनुको साथै ढुङ्गा प्रहार गरेका थिए । कार्यक्रममा ढुङ्गा प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमालेको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरुले प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५