संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ:लोसपा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2022
losapa

पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय सार्वजनिक गर्दै,संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ।

वर्तमान संविधानमा पूर्ण सहमति नभएकोले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने लोसपा ले बताएको हो। लोसपाद्वारा जारी विज्ञप्तिमा,संविधानको पूर्णताको निम्ति हामीले उठाएका मागहरू समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहिरहनेछ भन्ने कुरा उल्लेख गरिएको छ।

साथै, नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह समेत गरेको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५