प्रचण्डको अभिव्यक्ति रेणु दाहाललाई चुनौती

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ बैशाख २०७९, शनिबार ०५:००
prachanda 2

पुष्पकम दाहाल प्रचण्ड प्राय आफ्नो अभिव्यक्तिहरुका कारण विवादमा आइरहन्छन्।  त्यसो त उनले एकपटक आँफैले भनेका थिए,”म कहिलेकाहीं अलि बढी नै भावुक, अलि बढिनै  उत्तेजित हुन्छु र फ्याट्ट बोलिहाल्छु, अनि सबैले त्यसलाई गलत बुझेर आफु अनुकुल व्याख्या गरिदिन्छन”। 

पछिल्लो समय स्थानिय निर्वाचन नजिकिंदै जाँदा प्रचण्डले चितवनमा बोलेका २ वटा कुराहरुले प्रचण्ड फेरी विवादमा तानिएका छन्।  त्यति मात्रै नभएर उनले दिएको अभिव्यक्तिले रेणु दाहालको चुनावी अभियान र प्रचण्डको आफ्नै राजनीतिलाई पनि निकै ठुलो धक्का पुराएको छ। 

स्थानिय निर्वाचनको लागि गठबन्धनले मेयरको रुपमा भरतपुरबाट रेणु दाहाललाई साझा उम्मेदवार बनाउने विषय चितवनको राजनीतिमा सुरुदेखि नै चर्चाको विषय बन्यो। मेयरमा रेणु दाहालको चर्चा चलिरहेकै बेला चितवन काँग्रेसले यस पटक मेयर काँग्रेसले पाउनुपर्ने र मेयरमा पटक पटक रेणु दाहाललाई समथन गर्न नसकिने बतायो।  यहीबीच चितवन पुगेका प्रचण्डले गठबन्धनको निर्णय केन्द्रले गर्ने हो।  चितवनको मेयरको विषयमा चितवन काँग्रेसले भनेर केहि हुँदैन भन्ने अभिव्यक्ति दिए।  प्रचण्डको यो अभिव्यक्तिले चितवन काँग्रेसका तल्लो तहका नेता कार्यकर्ताहरु निकै नै आक्रोशित बने।  उनीहरुले प्रचण्डको अभिव्यक्तिलाई कटाक्ष गर्दै भने,”चितवन काँग्रेसले भनेर नहुने भए, अबको चुनावमा देउवालाई भन्न लगाएर डडेल्धुराबाट मान्छे लेराएर भोट हाल्न लगाउनु”। प्रचण्डले केन्द्रको दवावमा चितवन काँग्रेसका शिर्ष नेताहरुलाई जवर्जस्ती भने पनि आफ्नो पक्षमा ल्याउन सफल भए, तर तल्लो तहका नेता कार्यकर्ताहरुको आक्रोशलाई भने उनले वेवास्ता गरिदिए । पालो आउँछ अनि देखाइदिन्छौँ भनेर बसेका ति तल्लो तहका कार्यकर्ताहरुले प्रचण्डकै अभिव्यक्तिकै कारण आगामी स्थानिय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई समर्थन गर्न नसक्ने माहोल बढ्दै गएको देखिन्छ। यदि यसो हुन गएमा यसको नैतिक जिम्मेवार प्रचण्ड आँफै हुनेछन्। आखिर भोट हाल्ने त तल्लो तहकै कार्यकर्ताहरुले हो भन्ने कुरा बिर्सेर २-४ जना जिल्लाका नेताहरुलाई मात्र काखी च्यापेर हिंड्नु र काँग्रेसका तल्लो तहका कार्यकर्ताहरुलाई समेट्न नसक्नु प्रचण्डको ठूलो भुल हुनेछ। 

त्यसै गरि भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले दिएको अर्को अभिव्यक्तिले उनि दोश्रो पटक फेरी विवादमा तानिए। भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,” तपाइँ चितवनवासी  जनताले अनावश्यक दवाव दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ।  हालींदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ”।

निर्वाचन आचारसंहिता नै उल्लंघन हुनेगरि आएको प्रचण्डको सो अभिव्यक्तिले चितवन काँग्रेसलाई आक्रोशीत त बनायो नै, तर यसले देश भरिनै एक खाले तरङ्ग पैदा गरिदियो।  सामाजिक संजाल भरिनै प्रचण्डको सो अभिव्यक्तिको चर्को आलोचना भयो। प्रचण्डले भने जस्तै, प्रचण्डको सो अभिव्यक्तिलाई सबैले आ-आफ्नै अनुकुल व्याख्या गरे।  तर चितवनका काँग्रेस कार्यकर्ताहरुले प्रचण्डको सो अभिव्यक्तिलाई  खुल्लम खुल्ला धम्कि दिएको भनेर त्यसको कडा प्रतिवाद गरे। उनको अभिव्यक्ति प्रति टिप्पणी गर्दै चितवन काँग्रेसका एक पुराना नेताले फेसबुकमा “छोरीले मेयरमा नजिते देशनै दुर्घटनामा जान सक्ने भनेर तर्साउँदैमा भोट हाल्छन् भन्ने सोचेका होलान् , अब त हातै काट्छु भने पनि हालिन्न भोट,”लेख्दै आफ्नो आक्रोश प्रकट गरेका छन्। 

प्रचण्डको अभिव्यक्तिप्रति सबैको आ-आफ्नै बुझाई र विश्लेषण हुनु स्वाभाविक नै हो।  तर निर्वाचनको मुखैमा आएर उनको अभिव्यक्तिप्रति चितवन काँग्रेसका कार्यकर्ताहरुले आक्रोश पोख्दै गर्दा यस बाट आउन सक्ने चुनावी परिणामको जिम्मेवार भने स्वयं  प्रचण्ड आँफै हुनेछन्। 

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५