कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए सपथ: एमाले पनि सरकारमा सहभागी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 15, 2023
koshi mukhyamantri

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरुको समर्थनमा कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाले समर्थन जनाएका थिए।

मुख्यमन्त्रीको सपथ लिए लगत्तै आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन्, यधपी उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

केन्द्रीय गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको भएपनी कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५