विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरुको समर्थनमा कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाले समर्थन जनाएका थिए।
मुख्यमन्त्रीको सपथ लिए लगत्तै आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन्, यधपी उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
केन्द्रीय गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको भएपनी कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्