वर्षाको कारण देशका विभिन्न भागमा बाढी र पहिरो

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2022
mahakali river flooded

केहि दिनदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ। अविरल वर्षासँगै आएको बाढीले हजारौं घर परिवार डुबानमा परेका छन्।निरन्तर वर्षाको कारण आएको पहिरोमा परि अछाममा २२ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

अविरल वर्षाको कारण आएको बाढीले कैलालीको भजनी भजनी नगरपालिका, लम्कीचुहा,जोशीपुर र जानकी गाउँपालिका र आसपासको झण्डै १५ सय घर डुबानमा परेको छ । बाढीको कारण ६ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन्। उनीहरुलाई उद्दार गरि स्थानिय विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ।

bardiya flood

निरन्तर वर्षाको कारण महाकाली नदीमा पानीको बहाव बढेपछी शारदा ब्यारेजको पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्यूसेक पुगेको छ ।

त्यसैगरी,अविरल वर्षपछि दोदा, बनहरा र स्यालीलगायत नदीमा आएको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका करिब ४ सय बढी घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्दार गरि स्थानिय विद्यालयमा राखिएको छ।

bardiya river flood

अविरल वर्षाले बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाका करिन ७ सय भन्दा बढी घर डुबानमा परेको छ। डुबानमा परि विस्थापित भएकाहरुलाई स्थानिय विद्यालय, सामुदायिक भवन लगायत सुरक्षित स्थानमा राखिएको छ। बर्दियाको बबई, कर्णाली र अन्य साना, ठूला खोलाहरुमा पानीको बहाव उच्च भरहेको स्थानिय प्रशासनले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%9b%e0%a4%be%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%a0%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%b9/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५