मध्यपूर्वमा रहेको अमेरिकी आधार शिविरमा भएको हमलामा ३ अमेरिकी सेनाको मृत्यु ३४ घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2024
us military base in jordan

मध्यपूर्वमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको आक्रमणमा ३ अमेरिकी सेनाको मृत्यु भएको छ भने आक्रमणमा परि घाइते हुनेको संख्या ३४ पुगेको छ ।

जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको र घाइते हुनेको संख्या ३४ पुगेको अलजजिराले जनाएको छ । स्रोतका अनुसार वाशिंगटनले आक्रमण गर्ने सशस्त्र समूहको पहिचान गर्न काम गरिरहेको छ।

यसअघि, ह्वाइट हाउस प्रेसले सार्वजनिक गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनको एक विज्ञप्तिमा , उत्तरपूर्वी जोर्डनको सिमा नजिकै तैनाथ अमेरिकी सेनाहरूमा ड्रोन आक्रमण भएको उल्लेख गरिएको थियो। अमेरिकाले, सिरिया र इराकमा सक्रिय इरान समर्थित कट्टरपन्थी सशस्त्र समूहले आक्रमण गरेको बताएको छ ।

यता, इरानले भने जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयले आक्रमणसंग इरानको कुनै सम्बन्ध र सरोकार नभएको उल्लेख गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५