संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृहले बनायो समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 10, 2023
grihamantralaya

श्रावण २५,काठमाडौँ- संखुवासभास्थित कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवै कारागार भित्रै मृत अवस्थामा फेला परेको घटनालाई लिएर गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ  ।

घटनाबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि रहेका छन् ।

कुटपिटका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि घटनामा संलग्न अभियुक्तबारे अहिलेसम्म कुनै तथ्य प्रमाण फेला पर्न सकेको छैन। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सात कैदीबन्दीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५