संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृहले बनायो समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 10, 2023
grihamantralaya

श्रावण २५,काठमाडौँ- संखुवासभास्थित कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवै कारागार भित्रै मृत अवस्थामा फेला परेको घटनालाई लिएर गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ  ।

घटनाबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि रहेका छन् ।

कुटपिटका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि घटनामा संलग्न अभियुक्तबारे अहिलेसम्म कुनै तथ्य प्रमाण फेला पर्न सकेको छैन। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सात कैदीबन्दीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५