क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न चिनको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • May 9, 2023
canadian diplomat jennifer lynn lalonde

चीनले आफ्नो सांघाई वाणिज्य दूतावासमा कार्यरत क्यानडाकी कूटनीतिज्ञ जेनिफर लिन लालोन्डेलाई देश छाड्न आदेश दिएको छ।

क्यानडाले सोमबार चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई, क्यानाडाली सांसदलाई प्रलोभनमा पार्ने र धम्क्याउने प्रयास गरेको आरोपमा देश छोड्न आदेश दिएपछि चीनले बदलास्वरूप क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

क्यानाडाली कूटनीतिज्ञलाई हटाउने आदेश पछि चीनले एक विज्ञप्ति जारी गर्दै “चीनले प्रतिक्रिया स्वरुप थप प्रक्रियाको अधिकार सुरक्षित राख्दछ ” भन्ने अभिव्यक्ति दिएको छ।

दुवै कूटनीतिज्ञलाई देश छाड्न पाँच दिनको समय दिइएको छ।

क्यानाडाका सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएपछि क्यानडाले, चीनले आफ्ना विपक्षी सांसद माइकल चोङ र हङकङमा रहेका उनका आफन्तहरूलाई निशाना बनाएको आरोप लगाएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५