राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा फर्किन सक्छु : पूर्वराष्ट्रपति भण्डारी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
bidhya bhandari

विराटनगर : विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउन सक्ने तर अहिले दलीय नभएर आफूले राष्ट्रिय राजनीति गरिरहेको बताएकी छन्।

पत्रकारहरुसंग कुरा गर्दै उनले अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको समेत बताएकी छन्।

‘राष्ट्रपति पद, गैरराजनीतिक पद होइन। राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु। राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु। शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यतालगायतका समस्या समाधानका लागि छलफल चलाइरहेको छु। म सबै राष्ट्रिय दललाई सहयोग गर्छु। खास एजेन्डामा रहेका दललाई सहयोग गर्छु। ती एजेन्डा पूरा गर्न कुनै दलमा आबद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्ने छु,’ भण्डारीले भनिन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५