सिख नेता निज्जरको मृत्युको पछाडि भारत : जस्टिन ट्रुडो

  • नेपाल राष्ट्रिय दैनिक
  • September 19, 2023
harddep singh Nijjar

सोमबार संसदमा बोल्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रख्यात सिख-क्यानाडाली अभियन्ता हरदीप सिंह निज्जरको मृत्युमा भारतीय सरकारी एजेन्टको हात रहेको स्पष्ट पारेका छन्।

सोमबार दिउँसो संसदमा बोल्दै, जस्टिन ट्रुडोले यस महिनाको सुरुमा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा पनि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई व्यक्तिगत रूपमा सो घटनाको विषयलाई लिएर गहिरो चासो व्यक्त गरेको बताएका छन् ।

संसदलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् “क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य र उल्लङ्घन हो ” .यसैबीच, क्यानडाले निज्जरको हत्यालाई लिएर बढेको विवादमा एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

१८ जुनमा ब्रिटिस कोलम्बियाको गुरु नानक सिख मन्दिरको परिसरमा हरदीप सिंह निज्जरको हत्या भएको थियो ।उनलाई गुरुनानक सिख गुरुद्वाराको व्यस्त कार पार्कमा दुई मुखौटाधारी बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

ब्रिटिश कोलम्बियाको पश्चिमी प्रान्तका प्रमुख सिख नेता ४५ वर्षीय निज्जरले सार्वजनिक रूपमा खालिस्तानको लागि अभियान चलाएका थिए । भारतको पञ्जाब क्षेत्रमा स्वतन्त्र सिख मातृभूमिको निर्माणका लागि उनको सक्रियताका कारण विगतमा पनि उनलाई धम्की आउने गरेको नका समर्थकहरुले बताएका छन् ।

भारतले उनलाई आतंकवादी पृथकतावादी समूहको नेतृत्व गर्ने आतंकवादीको रूपमा चित्रण गर्दै आइरहेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५