निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गर्न प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले कार्यविधि टुंगो लगाउने गरी मस्यौदा तयार पारेको छ।
करिव ६ महिनापछि आज सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ।
आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरी निर्णय गर्ने समितिको आज बसेको बैठकले जनाएको छ । समितिका सबैको समन्वयमा सचिवालयको तर्फबाट आगामी बैठकमा कार्यतालिका प्रस्तुत गर्ने र प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी कार्यविधिको मस्यौदा तयार गरिएको समितिले जनाएको छ।
समितिद्वारा प्रस्तुत कार्यविधिको मस्यौदा:
आफ्नो प्रतिक्रिया दिनुहोस्