राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्याग

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
rajendra lingden

चुनावको मिति तोकिएपछि पनि गठबन्धन सरकारले संसदको आयु लम्ब्याउन खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पद त्यागेको घोषणा गर्नुभएको छ।

आइतवारको प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो , ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु”। ‘

फास्ट ट्रयाकमा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक

लिङ्देनले, निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारले संसदको आयु लम्ब्याउन प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक संसदमा फास्ट ट्रयाकमा अघि बढाउन खोजेकोप्रति असन्तुष्टि जनाउनुभएको छ।

सरकारले विधेयक परिपक्क हुन चाहिने ५ दिनलाई एक दिनमा झार्ने र संशोधन हाल्ने समय ७२ घण्टालाई २४ घन्टामा झार्ने प्रस्ताव राखेर प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक अगाडी बढाउने तयारि गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५