राजस्व संकलनको लक्ष्य पूरा गर्नमा ध्यान दिन अर्थमन्त्री महतको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ माघ २०८०, सोमबार ०७:०५
prakashsharan

झापा- अर्थमन्त्री डा प्रकाशशरण महतले झापाको भद्रपुरस्थित मेची भन्सार कार्यालय काकडभिटा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्नमा ध्यान दिन आग्रह गरेका छन्।

दमक उद्योग वाणिज्य संघले आयोजना गरेको १५ दिने पाँचौं दमक महोत्सवको उद्घाटन सत्रमा सहभागी हुन आएका मन्त्री महतले कार्यालयको निरीक्षण गर्नुका साथै स्थानीय व्यापारीसँग छलफल गरेका थिए । निरीक्षणपछि उनले भन्सार कार्यालयलाई आफ्नो मासिक राजस्व लक्ष्य पूरा गर्न प्राथमिकता दिन निर्देशन दिनुका साथै सीमापार मालसामानको तस्करी नियन्त्रण गर्न भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राजस्व कार्यालयबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।

राजस्व सङ्कलनमा कमी आउनुले राष्ट्रको आम्दानीमा कमी आउने, शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवा क्षेत्रमा सरकारी लगानीमा बाधा पुग्ने” भन्दै राजस्व चुहावट रोक्न सबैलाई योगदान पु¥याउन आग्रह समेत गरे ।मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले एसियाली राजमार्गको विस्तारसँगै कार्यालयको महत्व अझै बढ्ने बताएका छन् ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५