अर्थमन्त्री शर्माले दिए राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 6, 2022
janardan

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्ने क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति लगेर सिमित व्यक्ति र संस्थाको हित हुने गरि करको दर हेरफेर गरेको विषयलाई लिएर अर्थमन्त्री शर्माको चर्को आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी दल र गठबन्धन दल भित्रकै सांसदहरुले उक्त घटनाको छानविन हुनुपर्ने र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने माग राख्दै आएका थिए। घटनाको छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन्।

घटनाको छानबिन गर्न ११ सदस्यीय समिति
करको दायरा हेरफेर गरेको घटनाबारे छानविन गर्न संघीय संसदले छानविनका लागि ११ सदस्यीय संसदीय समिति बनाउने निर्णय गरेको छ।

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति निर्माण गर्ने र ११ सदस्यमध्येबाट नै संयोजक छनौट हुनेगरी समिति निर्माण गर्ने सहमति भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५