बडा दशैँको उपलक्ष्यमा श्री ५ ज्ञानेन्द्रको शुभकामना सन्देश

  • नेपाल राष्ट्रिय दैनिक
  • September 30, 2022
His majesty the king gyanendra

श्री ५ ज्ञानेन्द्रले बडा दशैँ २०७९ को उपलक्ष्यमा आज भिडियो मार्फत शुभकामना सन्देश प्रदान गर्नुभएको छ।

दशैंले देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।

देशको वर्तमान राजनीतिक परिवेशको बारेमा बोल्दै, बहुदलीय संसदीय प्रणालीमा जनप्रतिनिधिहरु देश र जनताप्रति कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको उहाँले बताउनुभएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले जनतामा उत्साह नभएको र यो अवस्थाले मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा नभएको उहाँले बताउनुभएको छ।

देशका प्रति वफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने सही पात्र देशले खोजिरहेको भन्दै ,आफ्ना सनातनी, मूलभूत महिमलाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर , नौलो नेपाल भइनहाल्ने रहेछ भन्ने विचार पनि उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ।

नेपाल निरन्तर देशी, विदेशीहरूको क्रीडाभूमि बनेको जनगुनासो रहेको र एकातिर होनहार नागरिकहरु बाहिर गएको र अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको उहाँले बताउनुभएको छ।

देशको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको ,परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको,व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको र सर्वासाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको भन्दै, उहाँले अब देशमा कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५