वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख ४० हजार नेपाली विदेशीय

  • नेपाल राष्ट्रिय दैनिक
  • July 4, 2023
shram rojgaar.labour ministry

असार १९,काठमाडौं- चालु आर्थिक वर्षको यो अवधिसम्म वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ४० हजारभन्दा बढी पुगेको छ।

वैदेशिक रोजगार विभागको अनुसार वैदेशिक रोजगारीका लागि वेदेश जाने नेपालीको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । विभागका अनुसार गत आर्थिक वर्षमा ६ लाख ३० हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागको अनुसार रोजगारीका लागि दैनिक २ हजार ४४ नेपाली श्रम स्वीकृति लिए विदेश जाने गरेका छन् । विभागका अनुसार कोभिड–१९ को विश्वव्यापी लकडाउनका बीचमा मात्र ५० हजार नेपाली रोजगारीको खोजीमा विदेश पलायन भएको देखिन्छ ।

मुख्यतः देशमा माओवादी विद्रोहपछि बढेको वैदेशिक रोजगारीप्रतिको नेपालीको आकर्षणले १८ वर्षमा कुल २४ करोड ६५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम सरकारी स्वीकृति लिएको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार नेपाली कामदारका लागि मलेसिया प्रमुख श्रम गन्तव्य मुलुक भएको देखिन्छ भने, रोमानिया, क्रोएसिया, साइप्रस, बेलायतलगायत युरोपेली देशहरूमा पनि आकर्षण बढ्दै गएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५