अध्यादेशप्रति सभामुख घिमिरेलाई विपक्षी दलको ध्यानाकर्षण

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
sabhamukh devraj ghimire mukhya sachetak meeting

काठमाडौं : सभामुख देवराज घिमिरेले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनको बैठक सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग क्रमश: छलफल गरेका छन्।

हिउँदे अधिवेशनमा कसरी बढीभन्दा बढी विजनेस ल्याउन सकिने र कार्यव्यवस्था तथा परामर्श समितिमा के कस्तो एजेन्डा राख्न सकिने भन्ने विषयमा आइतबार उनले सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सचेतकहरुसंग छलफल गरेका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षभन्दा सत्तापक्षकै सांसद, मन्त्रीहरू बढी अनुपस्थित हुने गरेको र बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षको भूमिकालाई बढी ध्यान दिनुपर्ने सुझाव दिएको उनले बताए।

प्रमुख सचेतक पाण्डेले संसदको समितिमा रहेको विधेयक फिर्ता नलिई अध्यादेश ल्याउनु गलत रहेको र संसद छलेर अध्यादेश ल्याएकोप्रति सभामुखको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।

अध्यादेशको विषयमा संसद सचिवालयले पनि सरकारलाई सचेत गराउनुपर्थ्यो भन्दै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५