व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको भेटिएको छ ।
जेठ ८ गते एक समूहले सस्तोमा एक किलो सुन मिलाइदिने भन्दै ,सुन किन्न पैसा लिएर गएका व्यावसायीलाई लुटपाट गरेको थियो । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन् भने थप दुईजना प्रहरी अधिकारी फरार रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङलाई पक्राउ गरेको हो।पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्