पाकिस्तान आत्मघाती बम हमलाको जिम्मेवारी इस्लामिक स्टेट-खोरासान समुहले लिएको छ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 31, 2023
pakistan bombing

इस्लामिक स्टेट-खोरासान आतंककारी समुहले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आइतवार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी लिएका छन्। उक्त समुहले सो विष्फोट जमियत उलेमा-ए-इस्लाम (जेयुआइ ) पार्टीको चुनावी र्‍यालीलाई लक्षित गरेको बताएको छ ।

इस्लामिक स्टेट-खोरासान भनेर चिनिने समूहले सोमबार विष्फोटको जिम्मेवारी लिएको एक विज्ञप्ति जारी गरेको छ।जेयुआइ नेता फजल-उर-रहमानले भाषण गर्ने कार्यक्रमको मञ्च नजिकै करिब १००० जनाको भिडमाझ उक्त समुहले आत्मघाती बम विष्फोट गराएको थियो।

विष्फोटमा परि सोमबार साँझसम्म, मृत्यु हुनेको संख्या ५४ पुगेको छ , जसमध्ये २३ जना १८ वर्ष मुनिका थिए।

अगस्ट २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको क्रममा १३ अमेरिकी सैनिक र दर्जनौं अफगान नागरिकको ज्यान लिने गरि काबुल एयरपोर्टमा भएको आत्मघाती बम विष्फोटको पछाडि पनि इस्लामिक स्टेट-खोरासान समुहको हात रहेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५