४ महिनादेखि त्यत्तिकै थन्किए साझा यातायातका ३७ विधुतीय बस

  • नेपाल राष्ट्रिय दैनिक
  • April 26, 2023
sajha bus

वैशाख १३- काठमाडौँ- चार्जिङ स्टेसनको अभावमा साझा यातायातका ३७ विधुतीय बस ४ महिनादेखि त्यत्तिकै थन्किएका छन्।

साझा यातायातले आफ्नै प्राङ्गणमा चार्जर राखेर खरिद गरिएका ४० मध्ये ३ वटा बस सञ्चालन गरिरहे पनि ३७ वटा बस भने यतिकै थन्किएका छन्।

साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले सबै बस चलाउन चार्जिङ डिपो नै आवश्यक पर्ने र बस चार्जिङ डिपोका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बारम्बार जग्गा माग गरेपनि उपलब्ध नभएको बताएका छन्।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने, ‘त्यत्रो बस ल्याउँदा कसरी चलाउने भन्ने योजना किन नबनाएको? बस आइसकेपछि मात्र जग्गा भएन भनेर हुन्छ?’ भनेर साझालाई नै दोष दिँदै आएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५