दुई महिनाको कोभिड प्रतिबन्धलाई सहज बनाउँदै चीन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 1, 2022
chaina Map china 20200401031423

दुई महिनाको लक डाउनपछि चीनले विश्व व्यापरिक एवं आर्थिक केन्द्र संघाईमा लगाएको कोभिड प्रतिबन्धलाई सहज बनाएको छ। चीनले यसघि लगाइएको प्रतिबन्धहरू खुकुलो पार्दै लगभग २५ मिलियन मानिसहरूलाई शहर वरिपरि स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दिइएको छ।

चीनले प्रतिबन्धहरु खुकुलो पारे पनि चीनको “शून्य कोविड” को समग्र नीति भने कायमै छ। कोभिडको आशंका गरिएकाहरुले भने अझै पनि क्वारेन्टिन वा अस्पतालमा बस्नुपर्ने छ। त्यहाँका बासिन्दाहरूले आफ्नो आवासीय कम्पाउन्डहरू छोड्न र अन्य बाहिरी ठाउँहरूमा प्रवेश गर्न उनीहरूको स्मार्टफोनमा हरियो स्वास्थ्य कोड देखाउनु पर्नेछ। सार्वजनिक यातायात प्रयोग गर्न वा बैंक वा मलहरूमा प्रवेश गर्न चाहनेहरूले पछिल्लो ७२ घण्टाको नेगेटिभ पीसीआर परीक्षण प्रमाणपत्र देखाउनु पर्नेछ। यद्धपि उनीहरुले सांघाई छोड्ने भने पाउने छैनन र जो कोही पनि अर्को शहरमा यात्रा गरेर फर्किएपछि सात देखि १४ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ।

सिनेमा हल, संग्रहालय र जिम र विद्यालयहरु भएन बन्द नै रहनेछन।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५