सञ्चारकर्मी रवि लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी “

  • नेपाल राष्ट्रिय दैनिक
  • ७ असार २०७९, मंगलवार १३:२७
ravi lamichhane

केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफुले सञ्चार कर्म छोडेर राजनीतिमा लाग्ने घोषणा गर्नुभएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज एक औपचारिक कार्यक्रमकाबिच राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लामिछानेले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको र अहिले भएका कुनै पनि राजनीतिक दलमा नलाग्ने बताउंदै नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी ” घोषणा गर्नुभएको हो।

सञ्चारकर्मी लामिछानेले आफु ठुला ठुला कुरा नभई, आम मान्छेको ससाना समस्या समाधानका लागि राजनीतिमा आएको पनि बताउनुभएको छ।

सञ्चारकर्मी लामिछानेले अहिलेका राजनीतिक दल र तिनका नेताहरुले नागरिकको जनमत गुमाउँदा पनि गठबन्धन गरेर सत्तामा बसिरहने प्रपञ्च गरिरहेको आरोप समेत लगाउनुभएको छ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५