बजेट अधिवेशन सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • May 7, 2023
parliament

वैशाख २४-काठमाडौँ — आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । आज अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ  ।

संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते भित्र पेस गरिसक्नुपर्नेछ  । त्यस अघि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ ।अधिवेशनको पहिलो दिन आज मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश पनि पेस हुने संसद सचिवालयले जनाएको छ  ।

एक सय १० दिन चलेको पहिलो अधिवेशनको ९२ घण्टा ३० मिनेटको बैठकमा प्रतिनिधिसभाको नियमावली पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटक विश्वासको मत लिनेबाहेक न त कुनै उल्लेख्य काम हुन सक्यो न कुनै विधेयक पारित भयो  ।

अघिल्लो अधिवेशनमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै,जनताका प्रतिनिधिले उठाएका प्रश्नको सम्बोधन सरकारले आउँदो अधिवेशनमा गर्नुपर्ने सांसदहरुले बताएका छन्  । सरकारले फिर्ता लिएको यस अगीको निजामती कर्मचारी विधेयक र राष्ट्रपतिले प्रमाणीकरण नगरेकै कारण कार्यान्वयन हुन नसकेको नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अघि बढाउनुपर्ने दबाब सरकारलाई रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५