पार्टीकै नेताहरुको सम्पत्ति छानबिन गर्न माओवादी नेताहरुको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • August 4, 2023
maoist meeting AmFTd0dNC8

श्रावण १९, काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीकै नेताहरुको सम्पत्ति छानबिन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन्।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रिय सदस्यहरुले देशका भ्रष्टाचारीको फाइल खोलेर कारबाही गर्न र पार्टीभित्रकै नेताहरुको सम्पति छानविन गर्न माग गरेका हुन् । पहिला,हाम्रा नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ,अनि मात्र देशका भ्रष्टविरुद्ध लड्न सजिलो हुन्छ र जनताले पनि साथ् दिन्छन भन्दै पार्टीबाट लाभको पद लिएका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने उनीहरुले बताएका छन्।

माओवादी नेता नरेन्द्र न्यौपानेले, ‘कुनै उद्योगधन्दा बिना , कुनै काम नै नगरी हाम्रा नेताहरुको जीवनशैली कसरी अचम्म लाग्दो भयो?’ भनेर प्रश्न गर्दै,पार्टी बनाउन र जनविश्वास जित्न पार्टीभित्रैका नेताको गतिविधि नियाल्नुपर्ने बताएका छन्।

जनताका लागि ल्याउने भनेको समाजवाद तपाईं पटकपटक मन्त्री भएका नेताहरूलाई आइसक्यो,अब किन र कसले ल्याउने समाजवाद? भन्दै,राष्ट्रिय सभा सदस्य समेत रहेका नरबहादुर विष्टले २०६५ देखि ८० सम्म मन्त्री बनेका नेताहरूको समीक्षा गर्नुपर्ने कुरामा अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए।

बैठकमा माओवादी नेताहरुले अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ सालछाडिका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति समेत छानबिन गर्नुपर्ने माग गरेका थिए। नेताहरूको बदलिँदो जीवनशैलीले आम कार्यकर्ता निराश बनेको र भताभुङ्ग अवस्थामा पार्टी दिनप्रतिदिन ओरालो लाग्दै गएको बेला पार्टी पुनर्गठनले मात्र नपुग्ने भन्दै नयाँ कार्यक्रम र विचार लिएर जनतामाझ जानुपर्ने उनीहरुले बताएका छन्।
का छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५