आज कुशे औँसी:बुबाको मुख हेर्ने दिन

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ भाद्र २०७९, शनिबार ०४:००
kushe aunsi

कुशे औँसी

वैदिक सनातन हिन्दु धर्म संस्कृतीमा कुशलाई जप स्नान गर्दा, दान गर्दा, पूजा- पाठ गर्दा र हरेक देव कर्म र पितृ कर्ममा निकै महत्वपूर्ण रअनिवार्य वनस्पतिको रुपमा प्रयोग गरिन्छ। आजको दिन हरेक नेपालीले आफ्नो घरमा कुश राख्ने गर्दछन।आफ्नो घरको मूल ढोका अगाडी कुश राख्नाले खराब शक्तिहरु नष्ट हुने विश्वास रहिआएको छ। त्यसैले आजको दिनलाई कुशे औँसी पर्व पनि भनिन्छ । आयुर्वेद शास्त्रले औषधिको रुपमा प्रयोग गर्ने गरेको कुश विज्ञानले पनि औषधिको रुपमा प्रमाणित गरिसकेको छ।कुशले सम्पूर्ण विकिरण परावर्तन गर्छ भन्ने कुरालाई पनि विज्ञानले प्रमाणित गरिसकेको छ। वैदिक सनातन धर्म संस्कारमा कुशको औंठी र जनैको निकै महत्व रहेको छ।

बुबाको मुख हेर्ने दिन
कुशे औँसीलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । नेपालीहरु आजको दिनलाई पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिनको रुपमा मनाउने गर्दछन । आज छोरा-छोरीले आफ्नो पिताको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने गर्दछन्। पिता नहुनेहरुले आज विभिन्न धार्मिक पीठ, देवालय वा पवित्र तीर्थस्थल पुगेर स्नान गरी, पितृहरूको नाममा श्राद्ध गरेर तर्पण दिने र सीधा दान गरेर आध्यात्मिक चिन्तनबाट आफ्नो पितालाई सम्झिएर उनको आत्माको शान्तिको कामना गर्दछन।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५