वैशाख १३ – मस्कोले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबिच फोनवार्ता भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई चीनले युक्रेनमा चाँडो युद्धविरामका लागि जोड दिने र शान्ति प्रक्रिया र युद्धविरामलाई जतिसक्दो चाँडो गर्न चीन कटिबद्ध रहेको बताइएको छ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले भने, “चिनियाँ अधिकारीहरूले युक्रेनी सङ्कटको बृद्धिलाई चुपचाप अवलोकन गर्ने मनसाय राख्दैनन्, तर बलिरहेको आगोमा तेल थप्ने काम पनि गर्ने छैनन्। उनले वार्ता नै एकमात्र उत्तम र अन्तिम विकल्प भएको समेत बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले पनि ट्विट गर्दै फोनवार्ता लामो र अर्थपूर्ण रहेको बताएका छन् । उनले चीनका लागि राजदूतको नियुक्तिसँगैको फोनवार्ताले चिन युक्रेनको द्विपक्षीय सम्बन्धको विकासलाई थप मजबुत बनाएको बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्