माध्यामिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भाद्र ११ र १२ गते

  • नेपाल राष्ट्रिय दैनिक
  • July 31, 2022
parikshya niyantran

माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि पुरक परीक्षाका लागि आवेदन खुला भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरक परीक्षा भदौ ११ र १२ गते संचालन हुनेछ। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीहरुले भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

विद्यार्थीहरुले बढीमा दुई विषयका लागि मात्रै पुरक परीक्षा दिन पाउनेछन् भने, परीक्षामा सहभागी हुनका लागि उनीहरुले रु. ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा नै फाराम भर्न सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार भाद्र ११ गते अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ भने, दुई विषयको परीक्षा दिने विद्यार्थीहरुले भने आफुले परिक्षा दिने विषयहरु मध्येको सानो कोड भएको विषयको परीक्षा दिन पाउनेछन।
त्यसैगरी, भाद्र १२ गते दुई विषयका लागि परिक्षा दिने विद्यार्थीहरुले ठूलो कोड भएको विषयको परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

see.parikshy aboard
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५