नेपाल प्रहरी र एपीएफका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

  • नेपाल राष्ट्रिय दैनिक
  • May 2, 2022
igp g

गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार बिहान सिंहदरबारमा गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरु सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री र पुष्पराम केसी ३० वर्षे सेवाका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले धीरजप्रताप सिंग र राजु अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

३० वर्ष उमेर हदका कारण अनिवार्य बिदामा गएका क्षेत्री र केसीलाई गृहमन्त्री खांडले विदाई गर्नुभएको थियो ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५