आईसीसी यू-१९ महिला विश्वकप छनौटबाट बाहिरियो नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • २६ जेष्ठ २०७९, बिहीबार १०:५०
nepal womens cricket team vs qatar 2021 1200x675 1

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतीमा ८६ रन जोड्न सफल भएको थियो। ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र जोड्न सफल भएको थियो।

प्रतियोगिताको पाँच खेलमा नेपालले तीन खेल जित्दै ७ अंक सहित तेस्रो स्थान हाँसिल गरेको छ। युएई र थाइल्याण्डसँग पराजित भएपछी विश्वकप बाट बाहिरिएको नेपालले यसअघिका खेलमा कतार र भुटानलाई भने पराजित गरेको थियो ।

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत प्रतिस्पर्धी कुल ६ राष्ट्रमध्ये विजेता राष्ट्र मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा सहभागी हुनेछन।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५