नेकपा एमालेले चितवन क्षेत्र नं.३ बाट आफ्नो उमेद्वारी फिर्ता लिएको छ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेद्वारी रहेको चितवन क्षेत्र न, ३ मा, अन्तिम समयमा आएर पार्टीले नै उनको उमेद्वारी फिर्ता लिंदै नेपाली काँग्रेसका बागी उमेद्वार दिनेश कोइरालालाई समर्थन गरेको हो।
चितवन ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भोजराज अधिकारीले उम्मेद्वारी दिएका छन् भने, यस अघि पार्टी केन्द्रिय समितिको निर्णयको विरोध गर्दै स्थानिय निर्वाचनमा मेयरको लागि काँग्रेसबाट बागी उम्मेद्वारी दिएका प्राध्यापक एवं अधिवक्ता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेद्वारी दिएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्