यो युद्द अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात हो:पुटिन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 7, 2022
russian president vladimir putin 1646498617

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन तयार रहेको तर वार्ताको सम्भावनालाई अस्वीकार गर्नेहरूले जारी द्वन्द्वलाई लम्ब्याउँदा त्यसले झन् अप्ठेरो परिस्थितिको सिर्जना गर्ने बताएका छन्।

रुस युक्रेन द्वन्दकोबीच रूसले आफ्नो क्षमता गुमाइसकेको भन्नेहरुलाई राष्ट्रपति पुटिनले, आफुले अहिलेसम्म त केहि पनि सुरुवात नगरेको र रुसलाई हराउन सक्छु भन्नेहरुलाई प्रयास गरेर देखाउन चुनौती दिएका छन्।

पुटिनले पश्चिमा मुलुकहरु अन्तिम एक युक्रेनी रहेसम्म लड्न इच्छुक देखिनु युक्रेनी जनताका लागि दुःखद भएको बताएका छन्। रुसले निष्पक्ष अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली सिर्जना गर्न गरेको निरन्तर प्रयासलाई नाटोले खतरामा पारेको पनि उनले बताएका छन्।

रुस र युक्रेन बीचको द्वन्द्वलाई उक्साउने पश्चिमको लक्ष्य स्पष्ट रूपमा सफल भएको तर मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेशन सुरु गर्नु नै पश्चिमा मुलुकहरुको हार भएको उनले बताए। यो युद्दको सुरुवात भनेको अमेरिकी विश्व व्यवस्थाको पूर्ण विघटनको सुरुवात रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५