ट्विटरले लगायो सात दूतावासको अकाउन्टमा प्रतिबन्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
twitter ban serbian accounts

सात सर्बियाली दूतावास र अमेरिकामा रहेको वाणिज्य दूतावासको अकाउन्ट ट्विटरले “निलम्बित” गरेको बेलग्रेडको विदेश मन्त्रालयले जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने युरोपेली लोकतन्त्रको यस्तो सेन्सरशिप अस्वीकार्य रहेको भन्दै सर्बियाले ट्वीटरलाई अकाउन्टहरू अनब्लक गर्न आग्रह गरेको छ

आर्मेनिया, घाना, इरान, इन्डोनेसिया, कुवेत, नाइजेरिया र जिम्बाब्वेमा रहेका दूतावासहरूको अकाउन्ट “निलम्बित” गरिएको सर्बियाको विदेश मन्त्रालयले जनाएको छ ।सामाजिक नेटवर्कको नियमहरूको सम्भावित उल्लङ्घनको कुनै स्पष्टीकरण वा पूर्व सूचना बिना नै ट्विटरले यस्तो गरेको बताइएको छ।

सत्तारुढ प्रगतिशील पार्टीका १३ सांसदसहित १६ जना कुटनीतिज्ञको खाता पनि गत साता विना स्पष्टीकरण बन्द गरिएको र ट्विटरले निलम्बनका लागि सर्बियाली खाताहरूलाई लक्षित गरेको बताइएको छ।

Share :
gaza 2 1722586073

युद्धग्रस्त गाजा क्षेत्रमा अमेरिकाले ५ सय मिलियन डलर सहायता प्रदान गर्ने

अमेरिकाले ५ सय डलर दिने युद्धग्रस्त गाजा क्षेत्रमा अमेरिकाले ५ सय मिलियन डलर सहायता प्रदान गर्ने भएको छ । सहायता प्रदान गर्ने नयाँ फाउन्डेसनलाई अमेरिकी राज्य विभागले हिंसा र अराजकताविरुद्ध लड्न सो रकम बराबरको सहायता प्रदान गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गाजा क्षेत्रमा मानवीय फाउन्डेसनको लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले रकम उपलब्ध गराउने अधिकारीहरुले बताएका हुन्[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५