पार्टीको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुन्छ: गगन थापा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2025
gagan thapa

काठमाडौं – संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि मात्र गर्ने बताउँदै आएका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने २०८४ को चुनावअघि नै पार्टीको १५औं महाधिवेशन हुने बताएका छन्।

कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा भेलालाई सम्बोधन गर्दै केही नेताहरूले महाधिवेशन ८४ को चुनाव पछि मात्र हुन्छ कि भनेर बोल्दै हिंड्नु भएको छ, तर संविधानले पनि त्यसो गर्न मिल्दैन र सबैलाई यी यावत कुराहरुमा कन्फ्युज नहुन आग्रह गर्दै ८४ को चुनाव अगाडी नै पार्टीको महाधिवेशन हुने उनले बताएका छन्।

एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन भन्दै निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको उनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५