स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी हस्तक्षेप

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
birendra chock nepalgunj 1

बाँके जिल्लाको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि प्रहरी र स्थानियहरुबीच झडप भएको छ ।

२०६२/६३ को जनआन्दोलनमा चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक तोडफोड भएको थियो । लामो समयसम्म राष्ट्रिय झण्डा मात्र राखिएको सो स्थानमा आज दरबार हत्याकाण्ड भएको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले वीरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए।

सालिक राखेको घटना प्रति प्रहरीले हस्तक्षेप गरेर सालिक निकालेपछि प्रहरी र स्थानीयहरूबीच झडप सुरु भएको हो। झडप भएपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभएको छ।
यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि प्रशासन पछाडी हटेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५